दफा ६४
अदालती शुल्क दाखिला नगरी मुद्दाको कारबाही हुन नसक्ने

(१) यस परिच्छेद बमोजिम लाग्ने अदालती शुल्क दाखिल नगरी अदालतमा दिएको फिरादपत्र वापुनरावेदनपत्र, लिएको प्रतिदाबी वा मुद्दा पुनरावलोकन गरी वा दोहोर्‍याई हेर्न दिएको निवेदन उपर कुनैकारवाही हुन सक्ने छैन।
(२) यस परिच्छेदमा अन्यथा उल्लेख भएकोमा बाहेक अदालती शुल्क दाखिल नगरी दर्ता भएको फिरादपत्र, पुनरावेदनपत्र वापुनरावलोकन गरी वा दोहोर्‍याई हेरिने मुद्दा खारेज हुनेछ ।